बिहिबार, बैशाख १३, २०८१

राष्ट्रिय हेमजा आलु महोत्सवमा २५ लाखको आलु व्यापार

कास्की । कास्कीको हेमजामा गत चैत्र २२ गतेदेखि सुरु भएको राष्ट्रिय हेमजा आलु महोत्सवमा २५ लाख बराबरको आलु व्यापर भएको छ ।

हिजो सपन्न भएको महात्सवमा ६५ हजार दर्शकले अवलोकन गरेको स्वयम्सेवक परिचालन उपसमितिका संयोजक राजेन्द्र थापा (गौरव) ले जानकारी दिनुभयो ।

महोत्सवमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, रत्यौली प्रतियोगिता, राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता लगाएतको प्रदर्शनी लगायतको गरिएको थियो ।