शुक्रबार, चैत १६, २०८०

लाइसेन्स फेल चिकित्सकलाई विभूषण

काठमाडौ ।  नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पटकपटक अनुतीर्ण व्यक्ति चिकित्सकको रूपमा आइतबार राष्ट्रपतिद्वारा विभूषित भएको पाइएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (निलकण्ठ नगरपालकिा–३ शान्त बजार धादिङ) मा कार्यरत राम थापा क्षेत्री प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) पदकबाट विभूषित भएको फेला परेको समाचार छ। मेडिकल काउन्सिलले लिने काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स)  परीक्षा उतीर्ण नगरी डा. लेख्ने अधिकार हुँदैन तर क्षेत्रीलाई चिकित्सकको हैसियतमा पदक दिइएको खुल्न आएको छ।

बंगलादेशबाट एमबीबीएस गरेको थापा मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पटकपटक अनुतीर्ण भए पनि राष्ट्रिय पुननिर्माण प्राधिकरणको ठाडो सिफारिसका आधारका पदक हात पार्न सफल भएको गृह मन्त्रालय उच्च स्रोतको भनाइ  छ।

नेपाल मेडिकल काउन्सिलका सदस्य डा. अंकुर साहले क्षेत्री चिकित्सकको रुपमा काउन्सिलमा दर्ता नभएको बताए। थापाले काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा दुई वर्षदेखि दिँदै आएको देखिएको तर अहिलेसम्म उतीर्ण नभएको काउन्सिले चिकित्सकको रूपमा मान्यता प्रदान नगरेको उनले स्पष्ट पारे।

थापाको नाम सिफारिस हुँदै विवादमा आएको बताउँदैे चिकित्सकको रूपमा दर्ता नै नभएको व्यक्तिले चिकित्सकको हैसियतमा पदक पाउँदा आश्चर्यमा परेको डा.साहको भनाइ छ। उनले सिफारिस र छनोट गर्ने निकायले पनि काउन्सिलसँग ‘भेरीफाई’ नगेरको उनले जनाए।नागरिक दैनिकमा खबर छ।