शुक्रबार, बैशाख ०७, २०८१

अर्ग्यानिक शुभकामना ~~~?

बदलिने मौसम
बदलिने सम्बन्ध
बदलिने बर्ष
बदलिन्छ मान्छे पनि भन्छन
तर
यो मन बदलिन जानेको छैन
हिजो जस्तो भोलि त्यस्तै
रहन्छ रहिरहनेछ
किनकि
यो अर्ग्यानिक मन हो ।
कतिको मन दुखाएँ होला
मुस्कान छर्दै दुख लुकाएँ
माफ गर्नुस कत्तिको शिर
झुकाएँ पनि होला
मेरा हरेक कुरामा
विश्वास नलाग्न सक्ला
कति झुटका कुरा
कति लुटका कुरा
फुकाए पनि होला
गाली गर्नुस सहन्छु
किनकि
सहन सक्ने
अर्ग्यानीक मुटु छ ।
बर्ष फेरिन्छ
दिन फेरिन्छ
भित्तामा झुन्ड्याएको
पात्रो फेरिन्छ
तर
यो मन कहिले फेरिदैन
कोहि कसैसंग छैन केहि गुनासो
विगत सँग पनि छैन दुखेसो
किनकि
यो अर्ग्यानिक दिल हो।
हिमाल झैँ सधै हॉस्नु
आफ्नो मात्र हैन
दुखिहरुको मनमा बास बस्नु
घमण्ड नगर्नु,झुठो नबोल्नु
पैसाको आसमा
धनको लोभमा
इज्जत नबेच्नु
अर्ग्यानिक शुभकामना ~~~?
प्रकाश बुढाथोकी,जापान ।