बिहिबार, बैशाख ०६, २०८१

आईपिएल कोलकाताको चौंथो जित

काठमाडौ । कोलकाता नाइट राइडर्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चौंथो जित निकालेको छ ।

हिजो भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्दै चौंथो जित निकालेको हो । जयपुरमा राजस्थानले दिएको १ सय ४० रनको लक्ष्य कोलकत्ताले १३ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गरेको थियो ।

कोलकाताको जितमा क्रिस लीनले ५० रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । जितसंगै कोलकाता लिगको शीर्ष स्थानमा उक्लिएको छ । कोलकाताले ५ खेलबाट ८ अंक जोडेको छ । पराजित राजस्थान ५ खेलबाट २ अंक जोडेर सातौं स्थानमा छ ।