काठमाडौ । इण्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई ४० रनले हराएको छ ।
राजीव गान्धी अन्तर्रा्ष्ट्रिय मैदानमा भएको खेलमा हैदरावादले टस जितेर बलिङको निर्णय गरेको थियो । ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३६ रन बनाएको थियो ।
१ सय ३७ रनको लक्ष्य पछ्याएको हैदरावाद १७ दशमलव ४ ओभरमा ९६ रनमा अलआउट भयो ।