बिहिबार, बैशाख १३, २०८१

अप्रिल २१ मा चलचित्र ‘साकुरा फेरि फुल्छ’ को टोकियोमा प्रिमियर शो हुने

टोकियो । नेपाली चलचित्र “साकुरा फेरी फुल्छ” आउदो अप्रिल २१ मा जापान प्रिमियर शो हुने भएको छ । जापानमा रहेका नेपाली चलचित्रकर्मीहरुले माओत्से गुरुङ फिल्म प्रोडक्सन प्रालि र टिम ट्वान्टीको सहकार्यमा सो चलचित्र निर्माण भएको हो । चलचित्र टोकियोको मेगुरो कुन्मिङ सेन्टर हलमा प्रदर्शन गरिने छ ।
जापानमा रहेका नेपाली कलाकर्मीहरुद्वारा निर्माण गरिएको चलचित्रमा जापानमा रहेका र कला क्षेत्रमै क्रियाशील रहेका कलाकारहरुका साथमा चर्चित निर्देशक, लेखक तथा अभिनेता माओत्से गुरुङको प्रमुख अभिनय रहेको निर्माण युनिटले जनाएको छ ।
निर्देशक ओम प्रकाश गुरुङले नेपाली कला क्षेत्रको बिकास र प्रबर्धनको लागि राम्रो चलचित्र निर्माण गर्न गरेको बताउँदै दर्शकहरुले रुचाइदिने विश्वास व्यक्त गर्नुभएको छ ।सो चलचित्रलाई टिम ट्वान्टीको लगानीमा निर्माण गरिएको हो भने चलचित्रको पाँच प्रतिशत नेपालमा र बाँकी जापानको टोकियो आसपास छायांकन गरिएको छ ।

चलचित्रमा माओत्से गुरुङका अलावा, मधुसुधन भण्डारी, राजन पौडेल, राजन राई, नवराज गिरी, शृस्टि थापा , लालशोभा गुरुङ, माया गुरुङ, डी एस मल्ल, ओम संगी गुरुङ, खेम गुरुङ, बिनोद गुरुङ, मन बहादुर गुरुङ, सन्तोष परियार, प्रकाश सिग्देल, कविता गुरुङ, पदम गुरुङ, सूचना राई, सुरज राई सुमन पौडेल, सञ्जु, सन्तोष स्याँदेन, प्रकाश गुरुङ रहेका छन ।

त्यस्तै कथा लेखन तथा निर्देशन ओम प्रकाश गुरुङ, सहनिर्देशन युक्तमान गुरुङको रहेको छ भने संगीत सर्वज्ञमान बज्राचार्य र जितमान गुरुङको अनि प्रविन हिराचनको छायाकन तथा चर्चित कलाकार राजु याक्चाको शृंगार रहेको छ ।
https://www.facebook.com/sakurapherifulcha/videos/2341412249476697/?t=2