शनिबार, बैशाख ०८, २०८१

नेपाली चलचित्र ‘लभ स्टेशन’ले चलायमान बनाउने आशा

काठमाडौं । नेपाली चलचित्रको व्यापारले नयाँ बर्षको छेकोमा रिलिज हुन लागेको चलचित्र ‘लभ स्टेशन’ले चलायमान बनाउने आशा हल संचालक र चलचित्रकर्मीमा देखिएको छ । यही आशाका कारण नै काठमाण्डौका मल्टिप्लेक्सले यो चलचित्रलाई उच्च शो पनि दिएका छन् ।

सर्वाधिक ठूलो चेन भएको क्यूएफएक्सले ५ वटा हलमा १९ शोज दिएपछि पनि यो कुराको पुष्टी हुन्छ । काठमाण्डौका सिभिल, कुमारी, जय नेपाल, छाया सेन्टर र ललितपुरको लबिम मलमा चलचित्रले उच्च शो पाएको छ ।
यस्तै, चलचित्रलाई बीग मुभिज, क्यूज, एफक्यूब लगायतका हलले पनि उच्च शोज दिएका छन् । गोविन्द शाहीको निर्माणमा तयार भएको चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । ‘लिलिबिली’बाट सफल मानिएको जोडी नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको मुख्य भूमिका रहेकाले पनि चलचित्रप्रति हल संचालकहरु आशावादी देखिएका छन् ।