शनिबार, बैशाख ०८, २०८१

जापानमा साईबर अपराधका घटना ३ वर्ष यताकै उच्च

टोकियो । सन २०१८ मा जापानभर ९ हजार ४० साईबर अपराधहरु भएको प्रहरीले जनाएको छ । नेश्नल पोलीसी एजेन्सीका अनुसार जापानमा, यसरी ईन्टरनेटको प्रयोग गरी,यौनजन्य अश्लिल गतिबिधि तथा ठगीमा परेका/ पारिएका गतिविधिको यो तथ्यांक्क पछिल्लो ३ वर्ष यताकै उच्च हो ।

यो संख्या सन २०१४ को तुलनामा १ हजार बढेको हो, यसरी यस्ता घटनाहरु बढ्नुले थप गहनरुपमा सोच्नुपर्ने अवस्था खडा भएको अधिकारीहरुले बताए।जापानमा खासगरी पछिल्लो वर्षहरुमा विटक्वाईन लगायतका क्रिप्टोकरेन्सी ह्याकिंकको समस्या लगायतका घटनाहरु बढेको देखिन्छ । अघिल्लो वर्षमात्रै, ५८ बिलियन येन बराबरको क्रिप्टकरेन्सीको चोरीको घटना सार्वजनिक भएको थियो । त्यस्तै सन २०१८ मा ह्याकिंङको टार्गेटमा रहेका १सय ६९ क्रिप्टोकरेन्सीको समस्या अझै समाधान हुन बाकीँ नै रहेको प्रहरीले जनाएको छ ।
प्रमाणित भएका ९ हजार ४० साईबर अपराध मध्ये, सबै भन्दाबढी बाल यौन गतिविधिसंग सम्बन्धि (२ हजार ५७ ) ठगीकाका घटना ( ९ सय ७२ ) तथा (९ सय २६ ) घटना अन्य यौनजन्य अपराधमा दर्ता भएका छन् । यसका अलवा आर्थिक लेनदेन/ अनलाईन व्यपार/ अनलाईन ट्रान्सफरसंग जोडिएका अपराधहरु रहेका छन् ।