बिहिबार, बैशाख १३, २०८१

हेमजा आलु महोत्सवको तयारी पूरा

हेमजा । राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ को तयारी पुरा भएको छ ।

सुन्दर ठाँउ हेमजा जाउँ आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक भन्ने नाराका साथ सञ्चालन हुन लागेको महोत्सव भोलि देखि बैशाख १ गतेसम्म विष्णुपादुका खेल मैदानमा हुँदैछ । महोत्सव सफल बनाउन गठित विभिन्न उपसमितिले तयारी पूरा गरेको मुल आयोजक समितिका संयोजक कृष्णबहादुर खड्काले जानकारी दिनुभयो ।

महोत्सवको उद्घाटन पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट्र पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको छ । महोत्सवको आकर्षणमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शनी, आलुको ठूलो पहाड, आलुका विभिन्न परिकार, प्रदर्शनी गरिनेछ ।