शनिबार, बैशाख ०८, २०८१

हावाहुरी प्रभावितलाई वृन्दावन नगरपालिकाद्धारा ९ लाखबढिको सामग्री वितरण

रौतहट । बारा र पर्साका हावाहुरी प्रभावितलाई रौतहटको वृन्दावन नगरपालिकाले सहयोग गरेको छ ।

वृन्दावन नगरपालिकाका प्रमुख रामस्नेही यादव, उपप्रमुख, वडाअध्यक्षहरु र कर्मचारी सहितको टोलीले हिजो हावाहुरीबाट प्रभावित बारामा पुगेर ९ लाख भन्दा बढीको खाद्यान सामग्री र लत्ताकपडा वितरण गरेको हो ।

नगरपालिकाको तर्फबाट ३ सय घरधुरीलाई खाद्यान, लत्ताकपडा र टर्च लाईट वितरण गरिएको नगरप्रमुख यादवले बताउनुभयो ।

३ सय घरधुरीका प्रत्येक परिवारलाई एक एक बोरा चामल, ३ सय किलो नुन, ६ सय किलो दाल, ३ सय लिटर तेल, ३ सय पिस झुल, ३ सय पिस टर्च लाईट र कम्बल, ज्याकेट २ सय पिस वितरण गरिएको नगरपालिकाले जनाएको छ ।