बिहिबार, चैत १५, २०८०

एनआरएनएद्धारा हावाहुरी प्रभावीत क्षेत्रमा पुगेर राहत वितरण

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले हावाहुरी प्रभावीत क्षेत्रमा पुगेर राहत वितरण गरेको छ ।
गैरआवासीय नेपाली संघ आईसिसी उपाध्यक्ष कुमार पन्तको नेतृत्वमा गएको एनआरएनको टोलीले बारा र पर्साका पीडितलाई राहत वितरण गरेको हो ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत, त्यहाँका सांसद, राजनीतिक दल , स्थानीय प्रशासन र जनप्रतिनिधिको प्रत्यक्ष रोहवरमा विभिन्न क्षेत्रमा राहत वितरण गरिरहेको हो । अहिले सम्म एनआरएनले ५ सय परिवारलाई राहत वितरण गरिसकेको छ । प्रती परिवार २४ केजी चामल, ५ केजी आलु, २ केजी दाल, ११ लिटर तेल, वाल्टी र जग१र१ वटा वितरण गरेको उपाध्यक्ष कुमार पन्तले जानकारी दिनुभयो ।

एनआरएनको टोलीमा उपाध्यक्ष पन्तसहित प्रवक्ता भूषण घिमिरे, सल्लाहकार रामेश्वर शाह तथा पूर्व महासचिव रतन झा, एनआरएन अभियन्ता सोनाम लामा, एनआरएन जर्मनीका उपाध्यक्ष मिलन पन्तगायत सहभागि हुनुहुन्छ ।
एनआरएनको ८० देशका संगठनले तत्काल पिडितहरुलाई सहयोह गर्न राहत संकलन सुरु गरेको छ ।