शुक्रबार, चैत १६, २०८०

नेकपा नेता नेपालद्वारा घाइतेको अवस्थाबारे जानकारी

काठमाडौ। नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बारा पर्साको विभिन्न ठाउँमा आएको विनाशकारी हावाहुरीबाट घाइते भई विभिन्न अस्पतालमा उपचार गराइरहेकासँग भेट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

नेता नेपालले आज वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल र नेशनल मेडिकल कलेजमा पुगी घाइतेको उपचारको अवस्था बुझ्दै उपचारमा कुनै पनि किसिमको ढिलाइ नगर्न अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको हो ।

नारायणी उपक्षेत्रीय अस्पतालका मेसु एमामुल हक र नेशनल मेडिकल कलेजका निर्देशक बसुरुदिन अन्सारी दुवैलाई घाइतेको उपचारमा कुनै पनि किसिमको कसर बाँकी नराख्न नेता नेपालले निर्देशन दिएको नेकपाका केन्द्रीय सदस्य नागेन्द्र चौधरीले जानकारी दिनुभयो ।

नेता नेपालले हावाहुरीबाट प्रभावित क्षेत्रको निरीक्षण गर्ने तथा राहत वितरण गर्ने कार्यक्रम रहेको पनि चौधरीले बताउनुभयो ।