शुक्रबार, चैत १६, २०८०

हावाहुरीका कारण भारतबाट आउने ७० मेगावाट बिजुली अवरुद्ध

काठमाडौ । बारा र पर्सामा आएको हावाहुरीका कारण भारतबाट आउने ७० मेगावाट बिजुली अवरुद्ध भएको छ । प्रसारणलाइनमा नै क्षति पुगेपछि ७० मेगावाट विजुलीको आयात रोकिएको हो ।

प्राधिकरणले भारतबाट हुने विजुली आपूर्ति रोकिएपनि आन्तरिक रुपमा कुलेखानी लगायतका आयोजनाबाट उत्पादन बढाएर माग पूर्ति गरिरहेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिनुभयो ।

हावाहुरीका कारण अवरुद्ध लाइनहरु मर्मत गर्दै प्राधिकरणले वीरगञ्ज, कैलया र सिमाराको बजार क्षेत्रमा विजुली आपूर्ति सुचारु गरिसकेको उहाँले बताउनुभयो । हावाहुरीका कारण क्षति पुगेका विद्युतिय पोलहरु मर्मत गर्ने काम सुरु भएकोे छ ।

हावाहुरी प्रभावित क्षेत्रमा झण्डै २ हजार पोलहरु ढलेकाले आज देखि नै पोलहरु लान सुरु गरिएको विद्युत प्राधिकरण बाराले जनाएको छ । प्राधिकरणका प्रमुख गजेन्द्र कुमार चौधरी । उहाँको अनुसार हावाहुरीका कारण १० देखि १२ करोड मुल्य बराबरको क्षति भएको छ ।