शनिबार, बैशाख ०८, २०८१

गृह मन्त्रालयको ७७ जिल्ला प्रशासनलाई निर्देशन, जन्मका आधारमा नागरिकता देऊ

काठमाडौ । गृहमन्त्रालयले जन्मका आधारमा नागरिकता पाएका नेपाली नागरिकका सन्तानलाई नागरिकता उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ।

मंगलबार मन्त्रीस्तरीय बैठकले जन्मका आधारमा नागरिकता पाएकाका  सन्ततीको शैक्षिक वृत्ति विकासमा बाधा पुगेको भन्दै मन्त्रालयले प्रक्रिया पुर्‍याई बंशजको आधारमा नागरिकता दिन भनेको हो।

यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन प्रधानमन्त्री कार्यालय र सातै प्रदेश सरकारलाई समेत बोधार्थ दिइएको छ।