बिहिबार, बैशाख १३, २०८१

नयाँ, नयाँ अनुसन्धानमा लाग्न प्राज्ञहरुलाइ प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु परापूर्वकाल देखि नै अनुसन्धानमा पोख्त भएको बताउनुभएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको ४२ औं प्राज्ञ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । विद्यवान पूर्खाका सन्तान भएकोले जेनेटिक मेमोरिले नेपालीहरुलाई अध्ययन अनुसन्धानमा पोख्त बनाएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले नेपालीहरु हिनग्रन्थी लिएर हिड्न नुहने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई नयाँ, नयाँ अनुसन्धानमा लाग्न सुझाब पनि दिनुभएको छ ।

समृद्ध नेपाल,सुखी नेपालीलाई गन्तव्यमा राखेर अनुसन्धानका कामहरु अघि बढाउन प्रधानमन्त्रीको भनाइ थियो ।

यसैबीच आज काठमाण्डौमा आयोजित ६२औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले दालभात तरकारीले औषधीको काम गर्ने बताउनुभएको छ । हामीले खाने सबै खाना औषधी भएकाले आधुनिकताका नाममा अन्न र फलफूललाई बिषादी मिसाएर पागल बनाउन नहुने बताउनुभयो ।

उहाँले लसुन, बेसारलगायत कुरा औषधी भएको उल्लेख गर्दै हामीले खाने सबै औषधी भएको बताउनुभयो । उहाँले दालभात तरकारी औषधी भएकाले यो खाए औषधी सरह काम गर्ने बताउनुभयो । उहाँले कुनै कृषी उत्पादनले बजार नपाए त्यसबाट अर्को चिज बनाउन सुझाव दिनुभयो ।