बिहिबार, बैशाख ०६, २०८१

बार एशोसिएसनको मतगणन, प्रगतिशील समूहको अग्रता कायमै

काठमाडौ । कानुन व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएसनको चुनावको मतगणना जारी छ । मतगणनामा प्रगतिशील, समूहका उम्मेदवारले अग्रता लिएका छन् ।

झापा, इलाम र विराटनगरको मतगणना सकिँदा अध्यक्षमा प्रगतिशिल समूहका चण्डेश्वर श्रेष्ठले १ सय ९६ र लोकतान्त्रिक समूहका सुनिल पोख्रेलले १ सय ९ मत पाउनुभएको छ ।

अहिलेसम्म तीन सय ५ मत गनिसकिएको र मंगलबार ९ बजेदेखि फेरी गणना सुरु हुने निर्वाचन समितिका सदस्य शिव रिजालले जानकारी दिनुभयो ।

सबै मत गनिसक्न अझै ४ दिन जति लाग्ने उहाँले बताउनुभयो । २५ औं केन्द्रीय कार्यसमितिका लागि गएको शनिबार भएको मतदानमा देशभरका आठ हजार ३ सय २९ जनाले मतदान गरेका थिए ।