शनिबार, बैशाख ०८, २०८१

युरोपेली संघबाट बाहिरिने बेलायती प्रधानमन्त्री मेको प्रयास फेरि विफल

लण्डन । युरोपेली संघ छाड्ने ब्रेक्जिट प्रक्रियालाई व्यवस्थित पार्ने बेलायती प्रधानमन्त्री टेरेजा मेको प्रयास फेरि विफल भएको छ ।

बेलायती सरकारले संसद्मा प्रस्तुत गरेको युरोपेली संघ छाड्ने  प्रस्ताव संसदबाट अस्विकृत भएको छ ।

संसदमा रहेको कुल मत मध्ये तीन सय ४४ जना सांसदले अस्वीकृत गरेपछि प्रधानमन्त्री मेको प्रयास विफल भएको हो । प्रधानमन्त्रीको प्रस्तावको पक्षमा २ सय ८६ मत मात्र परेको थियो ।