शुक्रबार, बैशाख ०७, २०८१

कार्यक्रम व्यवस्थापन संघ गठन,अध्यक्षमा लवकुमार कार्की चयन

काठमाडौं । विभिन्न मनोरन्जनात्मक कार्यक्रम एवं प्रतियोगिता व्यवस्थापन गर्दै आएका संस्थाहरुको छाता संगठनका रुपमा कार्यक्रम व्यवस्थापन संघ, नेपाल (इमान) को औपचारिक गठन भएको छ । संघको अध्यक्षमा लवकुमार कार्की छानिएका छन् ।

शनिबार वानेश्वरमा आयोजित कार्यक्रममा पूर्वपर्यटन तथा संस्कृतीमन्त्री कृपाशुर शेर्पाले संघको औपचारिक स्थापना भएको घोषणा गरे । उनले संघका पदाधिकारी एबम संस्थापक सदस्यहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।

पूर्वमन्त्री शेर्पाले कार्यक्रम व्यवस्थापन कार्य आफैमा चुनौतीपूर्ण रहेको औल्याउदै संघले आफ्ना सदस्यहरुलाई चुस्त र प्रभावकारी बनाउन अभिप्रेरित गर्नुपर्ने बताए ।

संघका अध्यक्ष कार्कीले मनोरन्जन क्षेत्रमध्ये पनि सौन्दर्य प्रतियोगीता, महोत्सव, फेशन शो, अवार्ड वितरण लगायत विविध ईभेन्टले समाज परिर्वतन सँगसंगै देशको समग्र आर्थिक विकासमा टेवा पुर्याउदै आएको धारणा राखे । संघका प्रवक्ता सरोज ओझाले संघ स्थापना गर्नुको उदेश्य बारेमा पत्रकारहरुले राखेको सवालको जवाफ दिएका थिए ।

गत चैत्र ०७ गते नुवाकोटको बिदुर नगरपालिका ३ स्थित चन्डी आधारभुत विद्यालयमा मिलाप फाउण्डेसनसँगको सहकार्यमा १५२ जना विद्यार्थीहरुलाई संघले खेलकुद एवं स्टेशनरी सामग्री तथा ब्याग वितरण गरेको जानकारी उनले दिए ।

संघको कार्यसमितिमा उपाध्यक्ष शान्ताकुमारी तामाङ र महासचिव सावित्री ढुंगाना छानिएका छन् । यसैगरी सचिव सोनित राज ढुंगेल, सहसचिव डेविल सिंह राजपुत, कोषाध्यक्ष राज लुईंटेल र सहकोषाध्यक्ष टेकराज पाण्डे रहेका छन् । यस्तै, सदस्यरुमा मोनित महर्जन, तृष्णा गुरुङ्ग, प्रदिप राज वन्त, सुरज थापा, सपना राईलगायत छन् ।