शनिबार, बैशाख ०८, २०८१

हाईड्रोपावर परियोजनामा लगानी गर्न गैरआवसीय नेपालीहरु उत्साहित

टोकियो । म्याग्दी ठुलो खोला हाईड्रोपावर परियोजनामा गैरआवसीय नेपालीहरु लगानी गर्न उत्साहित भएका छन ।
आइतवार टोकियोमा आयोजित एक समारोहमा लगानीको लागी उत्साहित भएका हुन ।
ग़ैरआवासीय नेपाली संघ,अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष भवन भट्ट,आईसिसी महासचिव डा.बद्रि केसी,प्रवक्ता भुषण घिमिरे,युवा संयोजक सुदन थापा,यशिया प्यासिफिक संयोजक किरण बिक्रम थापा,आईसिसी सदस्यहरु महेश श्रेष्ठ,दिनेश गुरुङसंगै एनसिसी जापानका अध्यक्ष टाशी वाङदी लामाको सहभागितामा जापान तोकियोमा कार्यक्रम सम्पन्न भएको थियो ।
एनआरएनएको अभियान र संयुक्त लगानी विषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै एनआरएनए आइसीसी अध्यक्ष भवन भट्टलेएनआरएनएमा लाग्नु भनेको सामाजिक कार्यसगै विभिन्न मुलुकको शिप ज्ञान लिने दिने र नेपालको समृद्दिको लागी मिलेर लगानी भित्र्याउने कार्यमा सहयोग गर्ने बताउनु भयो ।
आफ्नो कुरा थप्दै अध्यक्ष भट्टले भन्नु भयो हामीले संस्थामा आएपछी एनआरएनएको ठुला परियोजनालाई बीट मार्ने काम गरेका छौ हामी आफ्नै भवनमा सरिसकेको र गोरखाको वारपार्क परियोजना अन्तिम चरणमा पुगेको जानकारी दिदै वैशाखभित्र भूकम्प पीडितहरूलाई भबन हस्तान्तरण गर्ने बताउनु भयो ।
त्यस्तै एनआरएनए आइसीसी महासचिवले डाक्टर बद्री केसीले गैर्आवासीय नेपाली संघको अभियानमा जापानको महत्वपूर्ण भूमिका रहेको भन्दै प्रशंसा गर्नु भयो ।
नेपालमा स्थायी सरकार भएपछी लगानीको वातावरण भएको भन्दै नेपालमैं लगानी गर्न महासचिव केसीले अपील गर्दै पाखुरामा बल हुन्जेल विदेशमा बसेर नेपाल बनेन भन्नु असुहाउने बताउनु भयो ।
नेपालीहरू विदेशीहरू उत्कृष्ट रहेको भन्दै मातृभूमि नेपाल बनाउन एकजुट हुनु पर्ने मा जोड दिनुभयो ।
एनआरएनए प्रवक्ता भूषण घिमिरेले वारपार्क,भबन निर्माण ,शंखमूल
पार्क र वालबालिकालाई शिक्षाको लागी स्कूल भर्ना अभियान महत्वपूर्ण रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्ने बक्ताहरूले नेपालमा लगानी गर्न सबैलाई आग्रह गर्नु भएको थियो ।
उक्त कार्यक्रम एनआरएनए जापानका अध्यक्ष टाशी वाङ्दी लामाको सभापतित्वमा महासचिव बुद्दिराज घिमिरेले संचालन गरी सम्पन्न भएको कार्यक्रममैं ७ करोड़ भन्दा बढ़ी लागनी गर्ने प्रतिबद्धता आएको थियो ।



पुरा लाईभ भिडियो
https://www.facebook.com/matrisandeshofficial/videos/2657037560978135?sfns=mo