Nepali date


सोमवार, चैत्र ४, २०७५

प्रथम तमु धीँ नागोया फुटसल कप-२०१९ में ४ मा हुने

टोकियो । ‘स्वास्थ्यको लागी खेलकूद’ भन्ने मूल नाराको साथ तमु धीं नागोयाको आयोजनामा यही में ४ तारिक शनिवारको दिन प्रथम तमु धीं नागोया फुटसल कप २०१९ हुने जानकारी तमु धीं नागोया जापानका अध्यक्ष शिबा राम गुरुङले जनाउनु भएको छ ।
उक्त प्रतियोगितामा विजेत हूने टीमले २२२,२२२ जापानिज येन, ट्रफी, मेडल प्रमाणपत्र सहितको पुरस्कारले सम्मानित गारिनेछ । भने द्दिर्तिय हूने टीम लाई १११,१११ जापानिज येन, ट्रफी, मेडल, प्रमाणपत्रले सम्मानित गरीनेछ । प्रतियोगिताका विभिन्न विधाका उत्कृष्ट खेलाडी,उत्कृष्ट गोल कीपर, उच्च गोलकर्ता र अनुशासित टीमलाई पनि प्रमाणपत्र सहीत नगद पुरस्कारले सम्मान गरिने जानकारी पनि दिनुभएको छ ।

खेल में ४ तारिकको दिन बिहाना ठीक १० बजे बाट संचालन हूने छ र उक्त फुस्टल प्रतियोगितामा सहभागिता भइदिनूहून सम्पूर्ण फुस्टल टीम र जापानका सम्पूर्ण खेल प्रेमीहरूलाई अवहान पनि तमु धीं नागोया जापानका अध्यक्ष शिबा राम गुरुङले जनाउनु भएको छ l उक्त खेलमा सहभागिता टीमले ३०,००० येन टीम दर्ता शुल्क लग्ने तमु धीं नगोया जापानका खेल संयोजक युबा गुरुङले जानकारी दिनुभएको छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया