मङ्गलबार, बैशाख ०४, २०८१

धुर्मुस-सुन्तलीको क्रिकेट रङ्गशाला निर्माणमा सत्य-स्वरूपको गीत उपहार

काठमाडौँ । धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुर महानगरपालिका वडा नं. १५ स्थित रामपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा सुप्रसिद्ध गायक द्धय सत्य स्वरूप राज आचार्य जोडिएका छन् । बुधवार फाउण्डेशनले बनाउने रङ्गशालाका लागि गीत उपहार दिँदै अभियानमा जोडिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए ।