शनिबार, बैशाख ०८, २०८१

नक्कली सवारीचालक लाईसेन्स बनाउन सघाएको आरोपमा दुई नेपाली टोकियोमा पक्राउ

टोकियो । जापानमा नेपालको नक्कली सवारीचालक अनुमति पत्र बनाईदिएर जापानको सवारी चालक अनुमति पत्र लिन सघाएको आरोपमा जापान प्रहरीले दुईजना नेपालीलाई पक्राउ गरेको छ ।
जापानको टोकियो लगायत अन्य स्थानहरुमा रेष्टुरेण्ट सहित अन्य व्यवसाय गर्दै विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका पुस्कर थापा र उनका भाई अशोक थापालाई टोकियो महानगरिय प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
टिविएस टेलिभिजनमा प्रशारित समाचार अनुसार नेपालको ड्राइभिङ अनुभवनै नभएकाहरुलाई नेपालको सवारी चालक अनुमतिपत्र बनाउन थापाले आँफूमाथि लागेका पूरै आरोप अस्विकार गरेका छन् भने अशोक थापाले भने केही आरोपहरु पैसाको आवश्यकता भएकाले त्यसो गरेको स्वीकार गरेको समाचारमा उल्लेख छ ।
नेपालको लाईसेन्स भएमा जापानको सवारी चालक अनुमति पत्र योग्यता परिक्षणमा पाईने छुटको सूविधालाई दुरुपयोग गर्दै जापानको सवारीचालक अनुमति पत्र बनाइदिए वापत १ लाख ८० हजार जापानी येनसम्म लिएको आरोप उनिहरुमाथि छ । यसका साथसाथै नेपालमा लाईसेन्स विभागका कर्मचारीहरुसँग सहकार्य गरेर नेपालको लाईसेन्स गलत प्रक्रियाबाट बनाउनु साथै नक्कली लाईसेन्स समेत बनाउने गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको समाचारमा उल्लेख छ ।
घटनाबारे थप छानविन भैरहेको बताइएको छ ।