बिहिबार, बैशाख ०६, २०८१

यसरी मनायो एनआरएनए जापानले १५ औं बार्षिकोत्सव (फोटोफिचर )

टोकियो । गैर्आवसीय नेपाली संघ (एनआरएनए) जापानले आफ्नो १५ औं बार्षिकोत्सव भब्य रूपमा मनाएको छ ।
बार्षिकोत्सवको अबसरमा एनआरएनए जापानले सोमवार बनभोज आयोजना गरी मनाएको हो ।

बनभोज कार्यक्रम “योकोहामा सि तोचुका कु सिमोकुरातामाचि” मनाएको हो ।
उक्त बार्षिक उत्सव तथा बनभोज कार्यक्रममा शुभकामना मनतव्य क्रमश राजदुतावासका प्रतिनिधि सचिव प्रेम बराल साथै एनआरएनए जापान पुर्व अध्यक्ष क्रमश: सुदन थापा, ओम गुरुङ र रोषन केसी को पनि उपस्थित संगै शुभकामना मनतव्य दिनुभएको थियो भने पुर्व रासप जापानका अध्यक्ष तथा बर्तमान आईसिसि अध्यक्ष भवन भट्ट, पुर्व अध्यक्ष पारसमणि पोखरेल र संस्थापक अध्यक्ष राजन प्रधानाङगले शुभकामना सन्देश पँठाउनु भएको थियो। आईसिसि सदस्य महेश कुमार श्रेष्ठ , दिनेश गुरुङ र कार्यक्रममा संस्थापक महासचिव डा. कुमार बस्नेतले पनि कार्यक्रममा शुभकामना मनतव्य राख्नु भएको थियो।परिषदका अध्यक्ष टासी वाङदी लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक अनिता गुरुङले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने महासचिव बुद्घिराज घिमिरेको सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रम भव्य र एेतिहासिक रुपमा सम्पन्न भएको एनआरएनए जापानका महासचिब बुद्दीराज घिमिरेले जानकारी दिनुभयो ।