शुक्रबार, बैशाख ०७, २०८१

ब्वाइफ्रेण्डलाई भेट्न गएकी महिलालाई एयरपोर्टमा ओर्लनासाथ किन भयो हंगामा ?

लण्डन । इजिप्टमा गैरकानुनी रुपमा प्रतिबन्धित औषधी लिएर गएको अभियोगमा पक्राउ परेकी एक बेलायती महिलाले स्वदेश फर्किएपछि आफूसँग भएको धोकाको कहानी सुनाएकी छिन् । गिरफ्तारीपछि त्यहाँको अदालतले उनलाई तस्करीको अपराधमा ३ वर्षको जेल सजाय सुनाएको थियो । उीमाथि गैरकानुी रुपमा पेनकिलर औषधी तस्करी गरेको आरोप लागेको थियो । यद्यपि एक तिहाइ सजाय काटेपछि उनलाई रिहा गरियो । महिलाका अनुसार उनी आफ्ना इजिप्टका नागरिक ब्वाइफ्रेण्डका लागि ती औषधी लिएर गएकी थिइन् ।

इङल्याण्डको हल शहरमा बस्ते लरा प्लमर नामकी ३४ वर्षीया महिलाको उमर काबु नामका इजिप्टका युवकसँग प्रेम थियो । लरा अक्टोबर २०१७ मा आफ्ना ब्वाइफ्रेण्डलाई भेट्न दुई हप्ताको विदामा इजिप्ट गएकी थिइन् । यही क्रममा उनलाई त्यहाँको हरगडा विमानस्थलबाट पक्राउ गरियो । विमानस्थलका सुरक्षाकर्मीले उनको सुटकेसमा यस्ता औषधीहरु बरामद गरे जुन औषधीहरुमाथि इजिप्टमा प्रतिबन्ध लगाइएको थियो । यी औषधी ठूलो परिमाणमा समेत थिए । उनले २९० चक्की औषधी लिएर इजिप्ट पुगेकी थिइन् ।

महिलाले सुरक्षा अधिकारीलाई बताइन् कि यी औषधीमाथि बेलायतमा कुनै प्रतिबन्ध छैन । उनी ती औषधीहरु आफ्ना ब्वाइफ्रेण्डले भनेपछि लिएर गएकी थिइन् । उनका ब्वाइफ्रेण्ड पिठ्युँको पीडाबाट ग्रस्त थिए । यति भन्दा पनि उनर्ला गिरफ्तार गरियो । डिसेम्बर २०१७ मा अदालतले उनलाई ३ वर्षको जेल सजाय सुनायो । हालै एक तिहाइ सजाय पूरा गरेपछि उनलाई रिहा गरियो । अब आफ्नो देश फर्किएपछि उनले त्यहाँ बिताएको १५ महिनाको बारेमा बताएकी हुन् । उनले त्यहाँको तुलना नर्कसँग गरेकी छिन् ।

लरा भन्छिन् ‘म शब्दमा बताउन सक्दिन कि स्वदेश फर्किएर मलाई कस्तो लागिरहेको छ । त्यतिबेला मलाई लागेको थियो कि यो नराम्रो सपना कहिल्यै सकिने छैन । दुई हप्ताको मेरो विदा त्यहाँ पुगेर १५ महिनाको नर्कयात्रामा बदलिएको थियो ।’ लराका अनुसार उनलाई त्यहाँ अल क्नातर जेलमा राखिएको थियो । उनको परिवारका अनुसार उी ती युवकको प्रेममा पागल थिइन् र उनलाई त्यतिबेला थाहा थिए कि उनी जे गर्दैछिन् त्यो काम गैरकानुनी हो ।