मङ्गलबार, बैशाख ११, २०८१

जापानमा प्रदर्शन भएको ‘कायरा’फिल्मवाट आम्दानीले असायलाई सहयोग

http://japanremit.com/
टोकियो । खप्तडी बस्नेत समाज जापान र गुल्मेली समाज जापानको आयोजनामा जापानमा प्रदर्शन भएको कायरा फिल्मवाट आम्दानीले असायलाई सहयोग गरेको छ ।
सहयोग श्री जेष्ठ नागरिक सेवा केन्द्रका असायलाई सहयोग गरेको हो ।
काठमाडौँ कागेश्वरीमा आबस्थित श्री जेष्ठ नागरिक सेवा केन्द्र कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ लाई सहयोग गर्ने अभिप्रायले जापानमा रहेका दुई संस्था बस्नेत परिवार र गुल्मेली समाजको संयुक्त आयोजना तथा दुवै संस्थामा सक्रिय ध्रुव बस्नेतको संयोजनमा प्रर्दशन भएको कायरा जापानमा प्रदर्शनबाट प्राप्त केहि रकम साथै ध्रुव बस्नेत तथा खप्तडी बस्नेत परिवार जापानका अध्यक्ष नरेश बस्नेतको व्यक्तिगत सहयोग तथा बिशेष पहलमा दुवै संस्थाका सहयोगी दाताहरुको आर्थिक सहयोगमा श्री जेष्ठ नागरिक सेवा केन्द्रलाई सहयोग कार्यक्रम सम्पन्न भएको छ ।
श्री जेष्ठ नागरिक सेवा केन्द्रको आबश्यकतालाई पहिचान गरि ,बृद्धहरुको लागि लत्ताकपडा,ब्लान्केट ,जाडोको लागि रुम हिटरहरु,संस्थाको आग्रहमा सोलार हिटर सेट र हिटर जडान गर्नको लागि आवश्यक पर्ने सामाग्रीहरुका साथै लगभग ६ महिनालाई पुग्ने चामल लगाएत अन्न सामाग्रीहरु यही २०७५ साल पौष १८ गते उमा बस्नेतद्वारा वितरण कार्यक्रम सम्पन्न भएको खप्तडी बस्नेत परिवार जापानका अध्यक्ष नरेश बस्नेतले जानकारी दिनु भयो ।