मङ्गलबार, बैशाख ११, २०८१

मनाङमा चिसो बढेसँगै हिमपात सुरु,जनजीवन कष्टकर बन्दै

मनाङ । हिमालपारीको ज़िल्ला मनाङमा चिसो बढेसँगै हिमपात सुरु भएको छ । यसअघि नै माइनसमा झरेको यहाँको तापक्रम हिमपातपछि माइनस २० डिग्रीमा झरेको छ ।

जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङगाउँलगायत स्थानमा हिमपात भएको हो । जनजीवन कष्टकर बन्दै गएको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बिहीबार बिहानदेखि मौसममा खराबी आएको बताए । हिमालको वरिपरि लागेको कालो बादल र हावाहुरीपछिको हिमपातले यहाँको तापक्रम माइनस २० डिग्री पुगेको प्रजिअ देवकोटाले जानकारी दिए ।

जल तथा मौसमविद् बरुण पौडेलका अनुसार, आज दिनभर मनाङको मौसम बदली हुने सम्भावना छ । तर,भोलिबाट भने मौसममा सुधार आउने पौडेलले बताए ।