बिहिबार, बैशाख ०६, २०८१

नेपालसँग १५ सय मेगावाट विजुली खरिद गर्ने भारतको प्रस्ताव

काठमाडौं । भारतको एनटीपसी विद्युत ब्यापार निगम (एनभीभीएन)ले नेपालसँग १५ सय मेगावाट विजुली खरिद गर्ने प्रस्ताव गरेको छ । दिर्घकालीन रुपमा विजुली किन्ने गरी भारतले प्रस्ताव गरेको हो ।

ऊर्जामन्त्री वर्षमान पुन अनन्तले एनभीभीएनको प्रस्तावले नेपालमा विजुली उत्पादन गर्दा बजारको अभाव हुँदैन भन्ने प्रष्ट पारेको बताए । एनभीभीएन भारतीय सरकारी स्वामित्वको नोडल एजेन्सी हो ।
जसमार्फत नेपालले भारतसँग विजुली पनि किनिरहेको छ । एनभीभीएनले भारतीय कम्पनी जीएमआरले माथिल्लो कर्णालीबाट उत्पादन गर्ने ५ सय मेगावाट विजुली खरिद गरेर बंगलादेश पठाउन खोजेको छ ।

यस्तै उसले अन्य आयोजनाबाट नेपालमा भविष्यमा उत्पादन हुने विजुली पनि बिन्ने इच्छा देखाएको हो । मन्त्री पुनले भारतले ल्याएको नयाँ विद्युत आयात-निर्यात निर्देशिकाले भारतमा मात्रै नभएर बंगलादेशसँग पनि विजुली बेच्ने बाटो खुलेको बताए ।

उनले बंगलादेश पनि नेपालबाट विजुली किन्न तयार रहेको भन्दै अब बंगलादेशसँग जोडिने गरी प्रसारणलाइन निर्माण गर्ने योजना बनेको बताउँछन् ।

‘यसका लागि भारतसँग पनि छलफल हुन्छ,’ उनले भने,’अब भारतले विजुलीलाई रणनीतिक वस्तुबाट हटाएर ब्यापारिक वस्तुको सूचीमा राखेको छ । यसले हामीलाई क्षेत्रीय रुपमा विजुली ब्यापार गर्छ सहज वातावरण बनाउँछ । उनले माथिल्लो कर्णालीको बिजुली किन्ने प्रस्ताव बंगलादेशको मन्त्रिपरिषदमा पुगिसकेको भन्दै यस्ता कदमले नेपालमा जलविद्युत क्षेत्रमा लागि भित्र्याउन सहयोग पुग्ने बताए ।

अहिलेसम्म नेपालले भारतबाट विजुली आयात गरिरहेको छ । माथिल्लो तामाकोशीबाट विजुली उत्पादन सुरु भएपछि भारतमा बिजुली बेच्न सकिने अवस्था आउने सरकारको दावी छ ।