शुक्रबार, बैशाख ०७, २०८१

“नयाँबजार मल्टी भेन्यू”मा स्वस्थकर नहुने खाना भेटिए

काठमाडौं,१६ भदौ । पार्टी प्यालेस तथा बैंक्वेटहरुमै हुन्छन् । तर, त्यहाँ खुनाइने खाना भने स्वस्थकर नहुने भेटिएको छ ।

शनिबार नयाँबजारस्थित ‘नयाँबजार मल्टी भेन्यू’मा एक सहकारीको साधारणसभा चल्दै थियो । कार्यक्रममा सहभागीहरुलाई खानाको पनि व्यवस्था थियो ।

तर, खानेकुराबाट शंकास्पद गन्ध आयो । झण्डै ३ सय व्यक्तिका लागि तयार गरिएको खानेकुरामा कैफियत रहेको आशंका लागेपछि एक पाहुनाले उपभोक्ताकर्मी माधव तिमिल्सिनालाई खबर गरे । उपभोक्ताकर्मीको टोली तत्कालै प्रहरीको साथमा बैंक्वेट पुगेपछि अस्वस्थकर खानेकुरा खुवाइएको खुलेको छ ।

कुहिएकै मासु पकाएको टोलीले भेट्टायो । लगतै आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीलाई बोलाइयो ।

सरकारी टोली पुगेपछि बैंक्वेटका सञ्चालक राजु महर्जनले बासी खानेकुरा र मासु खुवाएको भन्दै गल्ती स्वीकारे । बैंक्वेटको भान्छामा पनि फोहोर भेटिएको छ ।सन् २०१५ मै म्याद सकिएका मसलाहरु प्रयोग भइरहेको तथा कुहिएका आलु, साग, सलादहरु फोहोर भेटिएका छन् । बैंक्वेटले प्रयोग गरेको प्रायः सबै खाद्यवस्तुमा लेभल समेत नभेटिएको उपभोक्ताकर्मी तिमल्सिनाले बताए ।

सरकारी टोलीले बैंक्वेटमा सिल गरेको छ र सञ्चालकलाई बयानमा लागि उपस्थित हुन पत्र थमाएको छ ।