शुक्रबार, चैत १६, २०८०

गायक खाती र गायिका गौतमको तिज कासेली “नाचौं घुमी घुमी”बजारमा

काठमाडौँ,२४ साउन । हरितालिका तीजको कोसेली स्वरुप ‘ऒके छ त’ बोलको गीतबाट चर्चा बटुल्न सफल गायक अमृत खाती र ‘घर त ठिमी’ बोलको गित बाट चिनिएकी गायिका स्मृती गौतमको संयुक्त प्रस्तुतिमा तीजमा छमछमी नचाउने गित नाचौं घुमी घुमी यूटुब मार्फत सार्बजानिक भएको छ ।

खाती र गौतमको आवाजमा रहेको उक्त गितमा सब्द जीवन अर्यालको रहेको छ भने सङ्गीत खातीकै रहेको छ । नायिका अनु शाह र सन्जीव ठकुरीको अभिनय रहेको उक्त म्युजिक भिडियोमा निर्देशन बिक्रम चौहानको रहेको छ भने छायांकन प्रकाश खड्काको रहेको छ । त्यसै गरि गोरखा चौतारी म्युजिक प्रा लिले बजार ब्यबस्थापन गरेको उक्त गितमा सम्पादन मिलन बिकले गर्नु भएको छ ।