शनिबार, बैशाख ०८, २०८१

गायक सापकोटाको तीज गीत ईन्टरनेट बजारमा चर्चा (भिंडियोसहित)

जापान,१४ साउन । जापानमा कर्मभूमि बनाएर गीतसंगीतमा निरन्तर लागी रहुनु भएका गायक अमित सापकोटाको तीज गीत ईन्टरनेट बजारमा चर्चा चलेको छ ।

परदेशबाट नै सांगीतिक यात्रालाई उचाइको यात्रामा ड्योइरहेका गायक एवं छायांकारनिर्देशक अमित सापकोटाको कमेडी तीज गीत “ईन्टरनेट” बजारमा गत हप्ता आएको हो ।

मोबाइल र इन्टरनेटलाई विषयवस्तु बनाएर ठट्यौली रमाइलो पारामा श्रीमान-श्रीमती मार्फत समाजको वास्तविकता प्रस्तुत गर्न खोजिएको “इन्टरनेट” तिज गितमा आवाज अमीत सापकोटा, प्रभा न्यौपाने र पवित्रा न्यौपानेको रहेको छ।

बिष्णु न्यपानेको लय शब्द रहेको गीतमा कलाकारहरु सन्ध्या बुढा र पुरुषोत्तम भण्डारीको अभिनय रहेको छ। हरिश महराको छायांकन प्रकाश धमलाको सम्पादन रहेको म्युजिक भिडियोलाई स्मृती तिमल्सिना “गुरुआमा” ले निर्देशन गरेकी छन्।