बिहिबार, चैत १५, २०८०

काभ्रेमा बस दुर्घटना हुँदा २८ जना घाइते

काभ्रे,१० साउन। काभ्रेमा बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।
विपी राजमार्ग अन्तर्गत भकुण्डे–बनेपा खण्डमा आज बिहानै बस दुर्घटना भएको हो । प्रहरीकाअनुसार भकुण्डेबाट बनेपातर्फ आउँदै गरेको बा३ख ८१५५ नम्बरको बस अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल खसेको हो ।
बसमा करिब ४० यात्रु सवार रहेको प्रहरीले जनाएको छ। प्रहरीकाअनुसार घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।