बिहिबार, बैशाख ०६, २०८१

प्रधानन्यायाधीशमा सिफारिस जोशीविरुछ यस्ता छन् उजुरी, आज सुनुवाई

काठमाडौ, १० साउन। प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश दीपकराज जोशीका विषयमा आज सुनुवाई हुँदैछ ।
संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित जोशीलाई आज बोलाएको छ । जोशी विरुद्ध परेका उजुरीका विषयमा छानविन पछि समितिले आज बोलाएको हो । जोशीलाई दिउँसो १ बजे सुनुवाईका लागि बोलाइएको छ ।
जोशीलाई सोध्न २० वटा लिखित प्रश्न बनाइएका छन् । लिखितबाहेकका विषयमा पनि सदस्यहरूले प्रश्न सोध्न पाउनेछन् । धेरै प्रश्न जोशीले गरेका आदेशबारे बनेका छन् ।
दूरसञ्चार सेवाप्रदायक एनसेलको लाभकर विवादसम्बन्धी आदेश, आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासँग जोडिएका विषय प्रश्न बनेका छन् ।
प्रस्तावित प्रधानन्यायाधीश जोशीविरुद्ध समितिमा पाँच उजुरी परेको छ । अधिकांश उजुरी फैसला तथा आदेशसँग सम्बन्धित छन् ।
एक उजुरीकर्ताले सरकारी तथा गुठीको जग्गा व्यक्तिका नाममा आदेश गर्ने इजलासमा समेत संलग्न भएकाले महाभियोग लाग्नुपर्ने व्यक्तिलाई प्रधानन्यायाधीश नबनाउन माग गरेका छन् ।