शनिबार, बैशाख ०८, २०८१

अविरल वर्षासँगै बाढी र पहिरोले जनजीवन प्रभावित

काठमाडौ । रातीदेखि परेको पानीकाकारण देशकाविभिन्न स्थानमा बाढी र पहिरो गएको छ ।
केही राजमार्ग अवरुद्ध भएका छन् । काभ्रेको बनेपामा बाढीले पुल नै छोपिएपछि अरनिको राजमार्ग अवरुद्ध बनेको छ । अहिले अरनिको राजमार्ग हुँदै काभ्रे, सिन्धुपाल्चोक, दोलखा, जिरी, रामेछापलगायत ठाउँमा ओहोरदोहोर गर्ने कुनै पनि गाडी नचलेका प्रहरीले जनाएको छ ।
यस्तै, भक्तपुरका विभिन्न ठाउँ समेत डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढीले दुवाकोट, राधेराधे लगायतका क्षेत्र डुबानमा परेको प्रहरीले जनाएको छ ।
त्यस्तै वर्षाकाकारण पहाडी जिल्लामा कतिपय कच्ची सडक समेत अवरुद्ध बनेका छन् ।यस्तै वर्षाकाकारण सडकमाथिबाट खसेको पहिरोले पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ । मोदीगाउँपालिका–५ बाजुङमा पर्ने भ्याप्ले खोलानजिकै माथिबाट लेदो झरेकाकारण सडक गएरातीदेखि रोकिएको हो । रातीराति १०बजे पहिरो खस्न सुरु भएको र १२१ बजेसम्मखसिरहेको प्रहरीले बताएको छ ।
पहिरोकाकारण पोखराबाट पर्वत हुँदै मुस्ताङ, म्याग्दी र बागलुङ जाने तथापर्वत हुँदै पोखरा तथाअन्यलामो तथा छोटो दूरीमाजाने सयौँ सवारी साधनबीचैमाअलपत्र परेका छन् । बाटो खुलाउनकालागि रातिदेखि नै डोजर प्रयोग गरिए पनिहिलो र लेदो खस्ने क्रम नरोकिएकाकारण अहिलेसम्मपनि बाटो अवरुद्ध नै छ । बाटो खुलाउनकालागि डिमुवाबाट रातिदेखि नै प्रहरी खटिए पनि सडकसञ्चालनहुन सकेको छैन ।