मङ्गलबार, बैशाख ०४, २०८१

राम-लक्ष्मणको आफ्नो भाग्य सार्वजनिक

>जापान,१८ जेठ । नेपाली सुगम संगितका सिद्धहस्त गाएक रामकृष्ण ढकाल,तथा जापानलाई कर्मथलो बनाएका सफल सर्जक रामकृष्ण बममल्ल र लक्ष्मण कार्कीको सांगितिक कोशेली आफ्नो भाग्य सार्वजनिक भएको छ ।

यस गीतमा रामकृष्ण ढकालको ओजस्वी स्वर र रामकृष्ण बममल्लको सुमधुर संगीत रहेको छ भने शब्द लक्ष्मण कार्कीको रहेको छ। जापानमा रहेका बिभिन्न सर्जकहरुको शब्द,रामकृष्ण बममल्लको एकल संगीतमा तयार भएको सहयात्रा एल्बमको यो शिर्ष गीत हो ।

जापानमा एक कार्यक्रमका बिच बिमोचन गरिएको यस एल्बमका गीतहरु भिडियो सहित सार्वजनिक गर्ने क्रम जारी छ। यस गीतको भिडियो रोशन कार्कीले निर्देशन गरेका छन् भने अभिनयमा सुरज खड्का र प्रमिला खत्रीको अभिनय देख्न सकिन्छ ।

आर एस डिजिटलको प्रस्तुति रहेको यस गीतलाई युट्युबमार्फ़त सार्वजनिक गरिएको छ ।