शुक्रबार, बैशाख ०७, २०८१

अव छिट्टै विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्छ : ओली

काठमाडौं,६ जेठ । नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष तथा  प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्ने बताएका छन् ।
शनिवार नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले हेरिएर होइन, बराबरीको सम्वन्ध बनाउने बताए । १९५० को सन्धि फेर्न भारत सहमत भइसकेको भन्दै उनले भने, ‘विराटनगरको फिल्ड अफिस पनि उठ्छ ।
२ भदौ २०६५ मा आएको बाढीले कोशी ब्यारेज भत्काएपछि नेपालका सवारी साधानहरुले भारतीय भूमि प्रयोग गर्नुपर्ने भयो । त्यसका लागि पास दिन भारतीय दूताबासले फिल्ड अफिस खुलेको थियो । तर, अझैसम्म यो हटेको छैन ।
नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएको बेला उनले फिल्ड अफिस बन्द गर्न पत्र काटेका थिए । तर, भारतले न पत्रको जवाफ दियो, न कार्यालय नै हटाएको छ ।
नाकाबन्दी अस्वीकार गरेर भारतलाई एक खालको सहमतिमा ल्याएको भन्दै नेकपा अध्यक्ष ओलीले राष्ट्रिय हितबाहेक आफ्ना अरु कुनै स्वार्थ नभएको बताएका छन् ।