शुक्रबार, बैशाख ०७, २०८१

रानीपोखरीको पुनःनिर्माण काम आगामी जेठ १ गतेदेखि शुरु हुने

काठमाडौं,८ वैशाख । संघीय राजधानी काठमाडौंको मुटुमा रहेको रानीपोखरी आगामी जेठ १ गतेदेखि पुनःनिर्माणको काम शुरु हुने भएको छ ।

पछिल्लो निर्णयअनुरुप निर्माणको काम शुरु गर्नुपर्ने भएकाले वैशाख मसान्तसम्ममा सबै आधुनिक निर्माण सामग्री हटाउने तयारी गरिको काठमाडौँ महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए ।
केही दिनभित्रै पुनःनिर्माणका क्रममा प्रयोग भएको सबै निर्माणका सामग्री हटाइने छ र आगामी जेठ १ गतेदेखि निर्माणको काम शुरु हुनेछ’, आचार्यले भने । परम्परागत शैली मासिएको भनी गुनासो आएपछि गोरखा भूकम्पबाट क्षतिग्रस्त पोखरीको पुनःनिर्माणका क्रममा प्रयोग भएका निर्माणका सामग्री हटाइने निर्णय भएको थियो । परम्परागत शैलीमा निर्माण हुनुपर्ने स्थानीयवासीको दवावपछि करीब तीन महिनादेखि पोखरी पुनःनिर्माणको काम रोकिएको थियो ।

रोकिएको काम शुरु गर्न गत चैत २२ गते संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, कामपा प्रमुख विद्यासुन्दर शाक्य र पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललबीच भएको छलफलले आधुनिक निर्माणका सामग्री हटाउने निर्णय गरेको थियो । मन्त्री अधिकारीले सम्पदा व्यवस्थापन स्थानीय सरकारले नै गर्ने भएकाले महानगरको काममा सबैलाई सहयोगीरुपमा रहन आग्रह गरेका छन् ।

यसअघि कामपाले विज्ञको सल्लाहअनुरुप पुनःनिर्माण गरिनुपर्ने बताउँदै आएको थियो । पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण विभागले गर्दै गरेको भए पनि अन्य सबै काम कामपाको जिम्मामा आएको छ । करीब ४ सय वर्ष पुरानो ऐतिहासिक रानीपोखरी ०७२ वैशाखको भूकम्पले क्षति भएको छ ।

रानीपोखरीको पुनःनिर्माण आगामी जेठ १ गतेदेखि काम शुरु गर्ने
काठमाडौं । संघीय राजधानी काठमाडौंको मुटुमा रहेको रानीपोखरी आगामी जेठ १ गतेदेखि पुनःनिर्माणको काम शुरु हुने भएको छ ।

पछिल्लो निर्णयअनुरुप निर्माणको काम शुरु गर्नुपर्ने भएकाले वैशाख मसान्तसम्ममा सबै आधुनिक निर्माण सामग्री हटाउने तयारी गएिको काठमाडौँ महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए ।