शुक्रबार, चैत १६, २०८०

खोलाजति झोलामा र विजुली चोरी हुने अव सुन्न पर्दैन : मन्त्री पुन

काठमाडौं,६ चैत । ऊर्जामन्त्री वर्षमान पुनले कर्मचारीहरूको मिलेमतोमा खोलाजति झोलामा र विजुली चोरी हुने गरेको आरोपबाट मुक्त हुन भन्दै कर्मचारीहरूलाई आफ्नो मुहार सफा गर्न निर्देशन दिएका छन् ।

कर्मचारीकै मिलेमतोमा विजुली उत्पादन हुन नसकेको र विद्युत चोरी हुने गरेको बुझाइ जनतामा भएको भन्दै मन्त्री पुनले भने९, ‘यो आरोपबाट मुक्त हुनका लागि अब आफ्नो अनुहार सफा गर्नुस् । सोमवार नेपाल विद्युत प्राधिकरणमा आयोजित स्वागत कार्यक्रममा बोल्दै मन्त्री पुनले नेपालमा विजुलीको बजार ग्यारेण्टी गरेर निजी र बैदेशिक लगानी प्रोत्साहित गर्ने वातावरण बनाउन विद्युत प्राधिकरणलाई निर्देशन समेत दिएका छन् ।

आफू अर्थमन्त्री हुँदा विदेशीहरु आएर लगानीका लागि कुरा गर्ने तर अन्तिममा बजार छैन भनेर जवाफ पठाउने गरेको स्मरण गर्दै उनले बजारको ग्यारेण्टी गरिदिनुपर्ने बताएका हुन् ।

आयात प्रतिस्थापन मात्रै गरियो भने पनि ठूलो अर्थतन्त्र नयाँ ढंगले लैजान सक्ने उनको भनाइ थियो । त्यसका लागि निजी क्षेत्रलाई नियन्त्रण नगरी प्रोत्साहन गर्नु आवस्यक रहेको मन्त्री पुनले बताए ।
अहिलेसम्म ऊर्जा भनेको विजुली बाल्ने मात्र हो भन्ने सोच भएपनि ऊर्जाको उपयोग हुन नसकेको उनको भनाइ छ ।
देशमा अहिले एक खर्ब बरारबरको पेट्रोलियम पदार्थ आयात गरिरहेकोले त्यसलाई प्रतिस्थापन गरेर अर्थतन्त्र नयाँ ढंगले लैजान जोड दिए । मन्त्री पुनले कर्मचारीहरुलाई सत्तापक्ष र प्रतिपक्ष नभइ जनताको काम गर्न पनि निर्देशन दिए ।