बिहिबार, बैशाख १३, २०८१

राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक

काठमाडौ,२२ फाल्गुन । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गरेको छ ।
आयोगले आफ्नो वेबसाइटमार्फत सो नामावली सार्वजनिक गरेको हो । संविधानअनुसार संघीय संसद् र प्रदेशसभाका सदस्य रहेको निर्वाचकमण्डलले राष्ट्रपति निर्वाचनमा मतदान गर्नेछ । संघीय संसद्का २७५, राष्ट्रियसभाका ५९ र प्रदेशसभाका ५५० प्रदेशसभा सदस्यले निर्वाचनमा भाग लिनेछन् ।

आयोगले राष्ट्रपतिका लागि यही फागुन २३ गते उम्मेदवारी मनोनयनको कार्यतालिका यसअघि नै सार्वजनिक गरेको छ । यहि फागुन २९ गते हुने राष्ट्रपति निर्वाचन हुने जनाएको छ ।