शुक्रबार, बैशाख ०७, २०८१

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं,२६ माघ । नेपाली कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।

प्रदेशसभा गठन र सन्चालन सम्वन्धी विधान बैठकको एजेण्डा रहेको प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

डा. मिनेन्द्र रिजालले विधानको मस्यौदा प्रस्तुत गर्ने र त्यसलाई छलफल गरी पारित गर्ने उनले जानकारी दिए ।

बैठकमा नयाँ सरकार गठन, प्रतिनिधिसभाको समानुपातिक, सिट बाँडफाट, प्रदेश सरकारका पदहरुमा उम्मेदवारीलगायतका विषयले प्रवेश पाउने बताइएको छ ।

राष्ट्रियसभा निर्वाचनको परिणामसमेत आइसकेकाले अब नयाँ सरकार गठनको बाटो खुलेकाले सरकारबाट राजीनामा दिने कि नदिने भन्ने विषयमा पनि छलफल हुने अनुमान छ । कतिपय कांग्रेस नेताहरुले भने सरकार कामचलाउ भइसकेकाले प्रधानमन्त्रीले राजीनामा दिइराख्नु नपर्ने बताउँछन् ।