बिहिबार, बैशाख १३, २०८१

फिलिपिन्स आँधीले मर्नेको संख्या १ सय ८० पुग्यो

काठमाडौं,९ पुस । फिलिपिन्समा ‘टेमबिन’ नामक आँधीमा परी मृत्यु हुनेहरुको संख्या १ सय ८० नाघेको छ ।

शुक्रबार आएको ‘टेमबिन’ नामक आँधीले फिलिपिन्सको दोस्रो ठूलो टापुका रुपमा चिनिने मिन्दानाओ शहरमा अरु कैयौं बेपत्ता भएको अधिकारीहरूले जनाएका छन् ।

आँधीका कारण ५० हजारभन्दा बढी विस्थापित भएका छन् । घटनास्थलमा उद्धारकर्मी खटिएका छन् ।

उनीहरुले केही शव बाहिर निकालेका छन् भने, महिला, बालबालिकालगायतका घाइतेलाई उद्धार गरिरहेको छ । सयौँ घरहरु ध्वस्त भएका छन् भने कतिपय गाउँ नै मासिएका छन् ।

फिलिपिन्समा हरेक वर्ष झण्डै २० वटा आँधी आउने गरेको छ । यस आँधीको कारण सयौँ व्यक्तिको मृत्यु हुनेगरेको छ ।

अहिलेको आँधीले कारण पनि लाखौं स्थानीय वासिन्दा प्रभावित भएका छन् । यसअघि सन् २०१३ को नोभेम्बरमा आएको ‘हैयान’ नामक आँधीमा परी झण्डै सात हजार ३ सय ५० को मृत्यु भएको थियो ।

यसैबीच, आँधीको मारमा परेको फिलिपिन्सको सपिङ मलमा शनिबार भीषण आगलागी भएको छ । दक्षिण फिलिपिन्सको डाभाओमा लागेको आगलागीमा कम्तीमा २५ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।