मङ्गलबार, बैशाख ०४, २०८१

धनकुटामा उद्योग मन्त्री थापालाई लक्षित गरी बम विष्फोट

काठमाडौं,८ मंसिर । धनकुटामा उद्योग मन्त्री सुनिलबहादुर थापालाई लक्षित गरी शुक्रबार बिहान बम विष्फोट भएको छ ।

धनकुटाको छिन्ताङ शहिद भूमी गाउँपालिकामा अज्ञात समूहले थापालाई लक्षित गर्दै बम विष्फोट गराएको हो ।

बम विष्फोट भएको ठाउँबाट करिब २ सय मिटरको दुरीमा मन्त्री थापा थिए ।

घटनामा कुनै क्षति भने नभएको घटनास्थलमा रहेका इन्स्पेक्टर आमोद खेरवारले जानकारी दिए ।