बिहिबार, बैशाख १३, २०८१

प्रकाशको हृदयाघातको कारण मृत्यु,परिवार आइपुगेपछि घोषणा

काठमाडौं ,३ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । गम्भीर बिरामी परेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा पुर्‍याइएका प्रकाशको निधन भएको एक चिकित्सकले जानकारी दिए ।

पुष्पकमल दाहाल लगायत काठमाडौं आइपुगेपछि केही समयपछि घोषणा गर्ने ती चिकित्सकले बताए । चुनावी अभियानमा झापामा रहेका पुष्पकमल दाहाल, प्रकाशकी दिदी रेणु दाहाल काठमाडौं आउँदै छन् ।