बिहिबार, बैशाख १३, २०८१

गौचनको हत्याप्रति भत्र्सना

काठमाडौँ, २३ असोज

नेपाल चेम्बर अफ कमर्शले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली प्रहारबाट हत्या भएको घटनाको भत्र्सना गरेको छ ।

नेपालकै उत्कृष्ट निर्माण व्यवसायी गौचनमाथि दिउँसै गोली प्रहार गरी हत्या हुनुले सुरक्षा व्यवस्था कमजोर रहेको पुष्टि भएको चेम्बरका कावा महासचिव नीलकण्ठ चौलागाईंद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । “राजधानीको मुटु नयाँं बानेश्वरमा आफ्नै गाडीमा हिँडिरहेका व्यवसायीको हत्या हुनुले निर्माण व्यवसायी मात्रै होइन, सम्पूर्ण उद्योगी–व्यवसायीलाई नै मर्माहत तुल्याएको छ । देशभित्र उद्योगी–व्यवसायीको सुरक्षा नहुँंदा वैदेशिक लगानीसमेत प्रभावित हुने र देशको आर्थिक समृद्धिको कल्पना गर्न नसकिने अवस्था देखापर्ने सम्भावना रहेकाले सुरक्षा व्यवस्थाप्रति गम्भीर हुन सरकारलाई अनुरोध गर्दछौँ”, विज्ञप्तिमा उल्लेख छ ।

चेम्बरले दोषीमाथि कडा कारबाहीको माग गर्दै शोक–सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । आज अपराह्न काठमाडौँ महानगरपालिका–३१ नयाँ बानेश्वरको खरीबोट प्रयागमार्गमा अज्ञात समूहले चलाएको गोलीबाट महासंघका अध्यक्ष गौचनको मृत्यु भएको थियो । नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले घटनाबारे व्यापक अनुसन्धान भइरहेको बताउँदै गोली प्रहार गर्ने समूहको खोजतलासका सम्बन्धमा राजधानीबाट केही शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।