बिहिबार, बैशाख ०६, २०८१

जनजाति महासंघ जापान कान्तो क्षेत्रको अध्यक्षमा राजकुमार राई चयन

जापान,८ असोज । राजकुमार राइको अध्यक्षतामा नेपाल आदिबासी जनजाति महासंघ जापानको कान्तो क्षेत्रिय समिति १७ सदस्यीय समिति गठन भएको छ ।

आईतवार टोकियोमा गठित समितिको उपाध्यक्षमा सुरज गुरूङ,सचिब पदमा लालध्वज मादेम्बा,सहसचिव पदमा जीवन घले,कोषाध्यक्ष पदमा स्मृति मोक्तान सर्वसहमति चयन भएका छन् । त्यस्तै सदस्यहरूमा क्रमश युवराज गुरूङ,नवीन गुरूङ,दिपेन्द्र कुमार श्रेष्ठ,आकाश लिम्बु,रेवती फियक,रिना लिम्बु, अरूण भट्टचन,हेमन्त शेरचन,तेन्जिङ लामा,कुइसाङ लामा,सुदन रार्इ चयन भएका छन् ।
जनजाति महासंघ जापानका उपाध्यक्ष पेम्वा लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न जातिय संघसंस्थाको अगुवा नेतृत्वकर्ताहरुको थियले ।

नव चयन हुनुभएका पदाधिकारीहरुलाई जनजाति महासंघ जापानका उपाध्यक्ष पेम्बा लामाले सपथ ग्रहण गराउनुभएको थियो ।