शनिबार, बैशाख ०८, २०८१

अनेरास्ववियुको विस्तारित बैठक भरतपुरमा आइतवारदेखि सुरु

चितवन,१८ भदौ । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय कमिटी र राष्ट्रिय परिषद्को विस्तारित बैठक भरतपुरमा आइतवारदेखि सुरु हुँदैछ ।

भदौ २० गतेसम्म चल्ने बैठकको एक समारोहका बीच क्यान्सर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

बैठकको सबै तयारी सकिएको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी दिए ।

बैठकमा केन्द्रीय समिति, अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग र राष्ट्रिय परिषद्का गरी करिब ४ सय विद्यार्थी सहभागी हुँदैछन् ।

यसअघि ३ पटकसम्म सरेको बैठकमा शैक्षिक गुणस्तर र विद्यार्थी आन्दोलनको आगामी कार्यदिशाका वारेमा छलफल गरी निष्कर्ष निकालिने महासचिव ऐन महरले जानकारी दिए । उनले २ नम्वर प्रदेशमा हुन लागेको स्थानीय निर्वाचनसँगै प्रदेश र केन्द्रको निर्वाचनका वारेमा पनि बहस गर्ने बताए ।

बैठकमा सहभागी हुन नेकपा एमालेका युवा नेता एवम् विद्यार्थी इञ्चार्ज रवीन्द्र अधिकारी र जनवर्गीय संगठनका मोर्चा फाँट प्रमुख गोर्कण बिष्ट पनि चितवन आउने कार्यक्रम छ ।

अखिलको २०६३ असोजमा सम्पन्न १८ औं राष्ट्रिय सम्मेलनको झल्को दिने गरी जनताको घरघरमा सहभागी प्रतिनिधिहरुलाई आवासको व्यवस्था मिलाइएको छ । अखिल चितवनका अध्यक्ष देवप्रसाद पाठकले परिषद् बैठकमा सहभागी प्रतिनिधिहरुलाई भरतपुरका पार्टी नेता कार्यकर्ताको घरमा बेलुकाको खानासहित आवासको व्यवस्था मिलाइएको जानकारी दिए । नेता, कार्यकर्ता र प्रतिनिधिलाई होटलमा राख्दा एकातिर खर्च बढ्ने र अर्कोतिर जनतासँग सम्र्पक र सम्बन्ध टुट्ने भएकाले यसपटकबाट पुनः जनताको घरघरमा नै बस्ने गरी प्रतिनिधीहरुको व्यवस्थापन गरिएको अध्यक्ष पाठकले बताए ।

२ देखि ४ जनासम्म प्रतिनिधीहरुलाई १८७ बटा घरमा व्यवस्थापन गरिएको मूल व्यवस्थापन समितिका संयोजक समेत रहेका पाठकले जानकारी दिए । बैठकमा ११ लाख खर्च लाग्ने अनुमान छ ।