बिहिबार, बैशाख १३, २०८१

जनजाति महासंघ जापानको क्युशु क्षेत्रीय समिति गठन

जापान,९ भदौ । नेपाल आदिबासी जनजाति महासंघ क्युशु जापानको क्षेत्रीय समिति गठन भएको छ । जापानको क्युशु क्षेत्रमा बिभिन्न जातिय संगठन भएपनी आदिबासी जनजातिहरु सबैलाई एक ठाउमा गोलाबद्ध गराउने साझा संगठन सस्था नेपाल आदिबासी जनजाति महासंघ क्युशु जापानको अध्यक्ष बिष्णु बहादुर तामाङको संयोजकतामा बिहिवार गठन भएको छ ।

नेपालमा २०४७ सालमा स्थापना भएको नेपाल आदिवासी जनजाती महासंघले अहिले विभिन्न देशहरू पनी संगठन विस्तार गरेको छ ।
सोही स्थापनाको क्रममा १९९९ मा नेफिन जापानको स्थापनासगै हाल आएर जापानको हरेक क्षेत्रीय कार्यसमिती बनाउने निर्णय पछी क्षेत्रीय समिति विस्तार गर्न सुरु भएको हो । क्यूशु क्षेत्रीय समिति यस प्रकार छ
अध्यक्ष बिष्णु बहादुर तामाङ ,उपध्याक्ष सुक्राज चेम्जोङ् ,सचिब मिलन मगर, सह-सचिब रोशन राई ,कोषाध्यक्ष धर्म महर्जन ,सह -कोषाध्यक्ष प्रेम गुरुङ सदस्यहरू सचिन नेमाङ ,दिपक राना ,यम लोप्चन ,ञान प्रसाद गुरुङ
त्यसैगरी सल्लाकार समिति पनी चयन गरेको छ जसमा राम कृष्ण श्रेष्ठ ,हस्त लामा ,सुपेन्द्र घिसिङ रहेको छन ।उक्त क्षेत्रीय समितिलाई नेपाल आदिबासी जनजाति महासंघ जापानका केन्द्रिय अध्यक्ष पासाङ शेर्पाबाट अगष्ट २७ तारीख़ सपथ ग्रहन गरिने जनाएको छ ।