सोमबार, मङि्सर २३, २०८२

मधेश प्रदेश गठन: कांग्रेससहितका सात दलको ध्याणकर्षण

जनकपुरधाम । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई कांग्रेससहितका सात दलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै सरकार गठनको लागि आह्वान गर्न ध्याणकर्षण गराएका छन्।

उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री बनाउन लागेको हल्ला सुनेर साना दलहरूले १६८ (२) बमोजिम सरकार गठन गर्न प्रदेश प्रमुख कार्यालय पुगेर संयुक्त रुपमा खबरदारी गरेका हुन्।

यस विषयको लागि आज निवर्तमान सत्ता गठबन्धनमा काँग्रेसपनि साथमा आएको छ । कांग्रेस, जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका दलका नेता तथा सांसदहरु प्रदेश प्रमुख कार्यालय पुगेका थिए।

निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले कांग्रेसहित ७ दलको ८० भन्दा बढी सांसद बहुमत सरकारको पक्षमा रहेकाले उपधारा २ बमोजिम नै सरकार गठनका लागि आग्रह गरिएको बताए।

जवाफमा प्रदेश प्रमुख भण्डारीले यो विषयलाई अत्यन्त गम्भीरतापूर्वक लिएको उनको भनाइ छ।