काठमाडौं । इलाममा पहिरोमा परी सात जनाको मृत्यु भएको छ । पहिरोमा परी इलाम नगरपालिका ६, घोसमा एकैघरमा ६ जनाको मृत्यु भएको छ ।
घोसस्थित डम्बरबहादुर तामाङको घर पहिरोले पुरिँदा घर भित्र रहेका ६ जनाको मृत्यु भएको हो । त्यस्तै, सन्दकपुर गाउँपालिका १, छाँगेमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सशस्त्र प्रहरीका अनुसार माइजोगमाई गाउँपालिका ६, प्याङमा एकैघरका ५ जना बेपत्ता भएका छन् ।
त्यस्तै, सन्दकपुर गाउँपालिका ३, सुलुबुङमा एक बालिका घरसँगै बेपत्ता भएकी छन् । त्यस्तै, माङ्सेबुङ गाउँपालिकामा १ गर्भवती महिला र १ पुरुष गम्भीर घाइते भएका छन् ।
उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ श्रीअन्तु गण, नेपाली सेना तथा नेपाल प्रहरीको संयुक्त सुरक्षाफौज उद्दारमा परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

