काठमाडौं । जेनजी आन्दोलनले बनाएको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न भन्दै सिंहदरबार पुगेका जेनजी आन्दोलनका घाइतेहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
जेनजी आन्दोलन हाइज्याक गरिएको भन्दै प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका आन्दोलनका घाइतेहरू आक्रोशित भएपछि प्रहरीले पक्राउ गरेको हो ।
घाइतेहरूले आन्दोलनका शहीद र घाइतेहरूको अपमान हुने किसिमका गतिविधिहरू सह्य नहुने चेतावनी दिँदै सुदन गुरुङलाई जेनजी पुस्ताको नेता मान्न नसकिने समेत बताए ।
सुदन गुरुङको नाम लिएर होहल्ला गर्न थालेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

