काठमाडौं । श्री बौद्धनाथ क्षेत्र विकास समितिले जेन-जी पुस्ताको आन्दोलनका क्रममा सहदात प्राप्त वीर शहीदहरूको सम्झनामा आयाेजना गरेकाे मणिमाेन्लम प्रार्थना तथा दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
शुक्रबार बौद्धनाथ महाचैत्य परिसरमा आयोजित कार्यक्रममा सहदात प्राप्त युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै साँझ दीप प्रज्वलन गरिएको थियाे । गत भदौ २३ र २४ गते भ्रष्टाचार विरुद्ध, सुशासन र समृद्धिको मागसहित जेनजी पुस्ताद्वारा सञ्चालन गरिएको आन्दोलनमा सहादत प्राप्त गरेका वीरहरूलाई सम्झिँदै उपस्थित सहभागिहरूले बौद्ध स्तुपाको परिक्रमा गरीएको थियो । शहिदको बलिदानलाई खेर जान दिन नहुने बताउँदै समितिका अध्यक्ष लामाले शहिदको योगदानले नयाँ पुस्तामा आशा र परिवर्तनको प्रेरणा जगाउने बताउनुभयो ।
कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा,बौद्ध धर्मका प्रमुख लामाहरू, समितिका सदस्यहरू, स्थानीयवासी तथा श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको थियो। जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या बुधबारसम्म ७४ पुगेको छ ।
आन्दोलनपछि गठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले ज्यान गुमाउने जेनजीलाई शहिद घोषणा गरेको थियो । बुधबार देशभर शोक बिदा समेत दिइएको छ

